“निर्माणाधिन माझी बस्ती मेरो मात्र होइन हामी सबैको बस्ती हो । मलाई माझी बस्ती बनाएर आफ्नो नाम फैलाउनु छैन । म चाहन्छु, हामी सबैको संयुक्त प्रयासबाट यो बस्ती बनोस् र हामी सबैले यसको जस लिन सकौँ । आउनुस् यो अभियानमा एकजुट र एक ढिक्का भएर तपाईं हामीसँगै अगाडी बढौं ।”– नायिका खड्का

काठमाडौं– नायिका स्वेता खड्काले माझी बस्ती निर्माणका लागि सहयोगका लागि आग्रह गरेकी छन् । सिन्धुपाल्चोकको इन्द्रावती नदी किनारका माझीका लागि उनले एकीकृत माझी बस्ती निर्माण गरिरहेकी छन् । उक्त बस्ती निर्माणका लागि उनले सहयोगका लागि आग्रह गरेकी हुन् ।


ADVERTISEMENT


३२२ जनाका लागि ५३ घर निर्माणको अभियानका लागि उनले स्वेताश्री फाउन्डेशन खोलेर एकीकृत बस्ती निर्माण कार्य शुरु गरेकी छन् । उक्त बस्ती निर्माणका लागि आवश्यक रकम नपुगेको भन्दै सहयोग मागेकी हुन् ।


ADVERTISEMENT

# # #


उनले निर्माणाधीन माझी बस्ती आफ्नो मात्रै नभएर सबैको भएको भन्दै भनिन्, “निर्माणाधिन माझी बस्ती मेरो मात्र होइन हामी सबैको बस्ती हो । मलाई माझी बस्ती बनाएर आफ्नो नाम फैलाउनु छैन । म चाहन्छु, हामी सबैको संयुक्त प्रयासबाट यो बस्ती बनोस् र हामी सबैले यसको जस लिन सकौँ । आउनुस् यो अभियानमा एकजुट र एक ढिक्का भएर तपाईं हामीसँगै अगाडी बढौं ।”

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो चलचित्र ‘कान्छी’ को अमेरिका प्रदर्शनबाट उठेको रकम पनि माझी बस्ति निर्माणका खर्चिने बताएकी छन् । अमेरिकाका विभिन्न सहरमा ‘कान्छी’ पदर्शनका लागि उनी अगस्ट २ मा अमेरिका जाँदैछिन् ।

“कान्छीको सफलता पछी माझी टोल बनाउने जिम्मेवारीलाई गहन रुपमा सम्पन्न गर्नु पर्नेछ । अहिले आर्थिक अभावको समस्यामाबाट गुज्रिरहेको माझी बस्तीलाई आर्थिक सहयोग जुटाएर ५३ घर माझी परिवारका ३२२ जना सदस्यहरुलाई सुरक्षित बाससहितको एउटा सुन्दर समुदाय हस्तान्तरण गर्ने मेरो अभिप्राय हो । यसका लागि म कम्मर कसेर लागि परेकी छु । यही जागरुकता अनुसार म देश भित्र सफल ‘कान्छी’ लाई अमेरिकामा प्रदर्शन गर्ने प्रयासमा छु र, आगामी अगस्ट २ का दिन अमेरिका प्रस्थान गर्दैछु,” उनले लेखेकी छन्, “अमेरिका निवासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुको अनुरोधमा ‘कान्छी’ चलचित्रलाई अमेरिका धेरै स्टेटहरुमा प्रदर्शन गराउँदैछु । चलचित्रको प्रदर्शनबाट उठेको रकम माझी टोल विकासका निमित्त खर्चिने छु । त्यसैले अमेरिका निवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा म यो चलचित्र हेरेर मनोरञ्जन लिनुका साथै आफ्नो देश भित्र कठिन अवस्थामा जीवन यापन गरिरहेका माझी समुदायको लागि गाँस, बास र कपासको ब्यवस्था गर्ने एउटा पवित्र अभियानमा संलग्न भइदिन अनुरोध गर्दछु ।”