रसुवा– गत बिहीबार रसुवामा आएको भीषण पहिरोमा पुरिएर मृत्यु भएका नौ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको छ ।


ADVERTISEMENT


दाहसंस्कारका लागि नौवटै शव आफन्तजनलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले बताए ।


ADVERTISEMENT

# # #


रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित टिमुरेमा ठूलो पहिरो खसेको थियो । पहरोमा पुरिएर ९ जनाको मृत्यु भएको थियो । पहिरोमा परी एक दर्जनबढी घाइते भएका थिए ।

पहिरोले २ वटा टहरा र एक होटेल पुरिएको थियो, साथै प्रहरी चौकी समेत पुरिएको थियो । मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–५ का श्याम श्रेष्ठ (४२), बिक्रम श्रेष्ठ(२७), मंगले तामाङ(४८), भोटेकोशी–४ का रेशम खड्कालगायत रहेका छन् । उनीहरु सबै जना कन्टेनर चालक रहेको रसुवा जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

यसैबीच, उक्त स्थान आसपास पहिरोको जोखिमक कायमै रहेकाले स्याफ्रु–रसुवागढी खण्डको सडकमा मोटर गाडी रोकेर विश्राम नगर्न अगुवा सवारी चालकले सुझाव समेत दिएका छन् ।