काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि १० मिनेटका लागि स्थगित भएको संसद् बैठक पुनः सुचारु भएको छ ।


ADVERTISEMENT


कांग्रेस सांसदले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले संसद बैठक १० मिनेटलाई स्थगित गरेका थिए । यसअघि ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीको मागलाई लिएर अवरुद्ध हुँदै आएको संसद् बैठक सुचारु भएको थियो ।


ADVERTISEMENT

# # #


तर, शिक्षामन्त्रीले संसदमा टेबुल गरेको डा केसीसँगको सहमतिपत्र आफ्नो हातमा नआइपुगेको भन्दै कांग्रेस सांसदहरु उभिएपछि बैठक स्थगित भएको थियो । आजको बैठकमा मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रत्यक्ष हेर्नुस् लाईभ :