काठमाडौँ– प्रधानन्यायाधीश नियुक्तिका लागि संसदको सुनुवाई विशेष समितिले आज निर्णय गर्ने भएको छ ।
प्रधानन्यायाधीशका लागि दीपकराज जोशीको संसदीय सुनुवाइ हिजो सकिएको छ । प्रधानन्यायाधीश पद चैतदेखि रिक्त रहँदै आएको छ । लामो समयदेखि संसदीय सुनुवाई विशेष समिति गठनमा ढिलाई भएका कारण प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया पनि रोकिएको थियो ।
हिजो भएको सुनुवाई प्रक्रियामा प्रस्तावित प्रधानन्यायाधीश जोशीले धेरै प्रश्नको जावाफ दिन अस्वीकार गरेका थिए । जोशीले करिब आधा घण्टा लगाएर १४ पृष्ठ लामो कार्ययोजना सहितको प्रस्तुती दिएका थिए ।