काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दैै नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा रहेको नेविसंघले कानुनमन्त्री तामाङलाई बर्खास्त गर्नुपर्ने माग गर्दै मंगलबार बिहान बालुवाटारमा प्रदर्शन गरेको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको सरकारी निवास नजिकै पुगेर धर्नापछि भएको कोणसभालाई विद्यार्थी नेतृहरु जानुका पन्त, तुलसा पन्त, ललिता सुनुवार, पुनम लामाले सम्बोधन गरेका थिए । उनीहरुले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेलीको अपमान गर्ने कानुनमन्त्री तामाङलाई नहटाएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

महामन्त्री काफ्लेले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका र अध्ययन गरी फर्केका छात्राहरुको अस्मितामा आँच आउने गरी मन्त्री तामाङले दिएको अशोभनीय अभिव्यक्तिलाई नेविसंघले गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिएका छन् ।

मन्त्री तामाङले काठमाडौंको एक शैक्षिक संस्थाको कार्यक्रममा बंगलादेशमा अध्ययनरत नेपाली चेलीहरुले आफ्नो शरीर बेचेर एमबीबीएसको प्रमाणपत्र लिने गरेको बताएका थिए ।