एजेन्सी– पोर्चुगलका चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको स्थानमा रियल मड्रिडले ब्राजिलका युवा खेलाडी भिनिसस जुनियरलाई क्लबमा अनुबन्ध गरेको छ । रोनाल्डोलार्इ रियल मड्रिडले बेचेपछि भिनिससलार्इ अनुबन्ध गरेको हो ।


ADVERTISEMENT


रोनाल्डाको स्थानमा विश्वकै चर्चित स्टारहरूमध्ये कसैलाई रियलले अनुबन्धन गर्ला भन्ने धेरैको आँकलन थियो । तर, त्यो सम्भावनालाई कायमै राख्दै १८ वर्षीय फरवार्ड भिनिससलाई ६ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो ।


ADVERTISEMENT

# # #


रियलले शुक्रबार भिनिससँग सन् २०२५ सम्मक लागि सम्झौता गरेको छ । भिनिससलाई रियलले ब्राजिलियन क्लब फ्लामेन्गोबाट ३८.७ मिलियन युरो (करिब ३५ मिलियन पाउण्ड)मा भित्र्याएको जनाइएको छ । उसले शुक्रबार नै भिनिससलाई अनुबन्धन गरेको जानकारीसहित सार्वजनिक गरेको हो ।

भिनिसस पछिल्लो पुस्तामध्येकै प्रतिभाशाली खेलाडी मानिएको छ । उनले उमेर समूहका यु–१५, यु–१७ र यु–२० खेल ब्राजिलियन टिमबाट खेलिसकेका छन् । भिनिससले गत सिजन फ्लामेन्गोबाट ३७ खेल खेल्दै ७ गोल गरेका थिए ।