भरतपुर– नारायणगढ–मुग्लिन खण्डमा सडक एवं पुल नै भासिएपनि त्यस क्षेत्रमा तत्काल डाइभर्सन भने नबन्ने भएको छ । वर्षात्को सिजन भएकोले यो वेला पहाड काट्दापहिरोको जोखिम झन बढी हुने भन्दै नारायणगढ–मुग्लिन सडक आयोजनाले डाइभर्सन बनाउने जोखिम नलिने भएको हो ।


ADVERTISEMENT


एकदिन अघिमात्रै १७ किलोमा सडक भाँसिदा पाँच घण्टा सडक अवरुद्ध भएको थियो । पछिल्लो समय यो क्रम जारी रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा रहेको तथ्याङ्क अनुसार गत जेठ २८ गते यता विभिन्न मितिमा १७ स्थानमा पहिरो खस्दा ७६ घण्टा १० मिनेट सडक अवरुद्ध भएको छ । खुलेकै वेला पनि पहिरो खसेको क्षेत्रमा वानवे हुँदा यात्रुले हैरानी ब्यहोर्नुपर्ने अवस्था छ ।


ADVERTISEMENT

# # #


नारायणगढवाट १७ किलो मिटर मुग्लिनतर्फ रहेको १७ किलोमा ३० मिटर लम्वाई र सात मिटर सडक भाँसिने गरि चिरिएको छ । यो मात्रा वढेर अझै ७० मिटर लम्वाई र ८ मिटर चौडाइ सम्म पुग्ने विज्ञहरुको अनुमान छ । यस सगै सडक चिरिएर भासिने अवस्था पुगेको भतेरी ओरालोमा सडक छेउको प्याराफिट भासिने अवस्थामा छ । यो दुवैको मर्मत सुधार हुन सकेको छैन । – आजको गोरखापत्रबाट