काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिजले आज शिष्टाचार भेटवार्ता गरेकी छन् ।


ADVERTISEMENT


आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेकी राजदूत टेप्लिजले अध्यक्ष दाहालसँग बिदाइ भेट गरेकी हुन् । अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजलाई भने, “तपाईंको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपार्इंले खेलेको भूमिका सकारात्मक रह्यो ।”


ADVERTISEMENT

# # #


अध्यक्षले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायित्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उनले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गरिन् ।

नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमूना रहेको समेत अध्यक्ष दाहालको भनाइ थियो । राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रियालगायतका ठूला ठूला चुनौतीमा नेतृत्वदायी भूमिका खेलेकोमा अध्यक्ष दाहालको प्रशंसा गरिन् ।

उनले नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरतापछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको उल्लेख गरिन् ।