काठमाडौं–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनलाई आगामी शरद ऋतुमा अमेरिकाको भ्रमणका लागि निम्तो दिएका छन् । यसबारे ह्वाइट हाउसका अधिकारीहरूले जानकारी दिएका हुन् ।


ADVERTISEMENT


ह्वाइट् हाउसकी प्रवक्ताका अनुसार पुटिनको अमेरिका भ्रमणको लागि तयारी सुरु भइसकेको छ ।


ADVERTISEMENT

# # #


ट्रम्प र पुटिनबीच हालै फिनल्याण्डको राजधानीमा भएको बैठकलाई लिएर विवाद चर्किरहेको बेला पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको प्रसङ्ग सार्वजनिक भएलगत्तै कतिपय अमेरिकी अधिकारीले आश्चर्य प्रकट गरेका छन् ।

अमेरिकी राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको खबरप्रति आश्चर्य व्यक्त गरेका छन् । एक सम्मेलनमा हाँसेर बोल्दै उनले ‘त्यो भ्रमण विशेष हुने’ प्रतिक्रिया दिएका छन् ।

उनले हेलसिन्की बैठकमा ट्रम्प र पुटिनबीच भएको कुराकानीबारे आफूलाई केही थाहा नभएको बताए । यद्यपी, रुसको भने यसबारे केही प्रतिक्रिया आएको छैन ।

हेलसिन्की बैठकपछिको पत्रकार सम्मेलनमा ट्रम्पले दिएको प्रतिक्रियाका विषयमा तीव्र विवाद भइरहेको छ ।

तर ट्रम्पले ट्विटरमार्फत् दिएको सन्देशमा रुसमा भएको शिखर बैठक निकै सफल भएको बताएका छन् ।