दाङ– अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गर्नका लागि दाङका दुईवटा सामुदायिक वनमा प्रारम्भिक अध्ययन गरिएको छ ।


ADVERTISEMENT


नेपाल र भारतका वन विज्ञको टोलीले मंगलबार तुलसीपुर उपमहानगरपालिकाभित्रका दुईवटा सामुदायिक वनमा स्थलगत अध्ययन गरेको हो ।


ADVERTISEMENT

# # #


वन प्रमाणीकरण विज्ञ एके बर्माको नेतृत्वमा रहेको टोलीले वडा नं ७ को श्री गणेश सामुदायिक वन उपभोक्ता समूह र वडा नं ९ को नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहको अध्ययन अवलोकन गरेको हो । सो टोलीले वन उपभोक्ता समूहका पदाधिकारी र उपभोक्तासँग अन्तक्र्रिया गर्नुका साथै वनको अध्ययन अवलोकन गरेको थियो ।

सो क्रममा टोलीले वन प्रमाणीकरणका सिद्धान्त, मापदण्ड र सूचकका विषयमा जानकारी गराएको थियो । यस्तै, ग्रिन फाउण्डेशन नेपालले तयार पारेको वन प्रमाणीकरण सिद्धान्तको मस्यौदा दस्तावेजका विषयमा पछि छलफल भएको थियो । छलफलमा सामुदायिक वनका पदाधिकारी र उपभोक्ताले आफूहरु वन प्रमाणीकरणको मापदण्ड पूरा गर्न तयार रहेको बताएका थिए ।

दुईवटा सामुदायिक वनको अध्ययनपछि टोलीले मंगलबार नै यहाँका सरोकारवालासँग छलफल गरेको छ । छलफलमा सहभागी सरोकारवालाले पनि यहाँका दुईवटा सामुदायिक वनलाई प्रमाणीकरणको परीक्षणका रुपमा अगाडि बढाउन सकारात्मक भएको बताएका थिए ।

सो क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सामुदायिक वनलाई संरक्षण गरेर मात्रै नपुग्ने भन्दै वनलाई स्वस्थ राख्न आवश्यक रहेको बताए । उनले वनलाई स्वस्थ राख्नका लागि प्रमाणीकरणका सिद्धान्त र मापदण्डको अनुशरण गर्नुपर्ने बताएका छन् ।

टोलीमा भारतीय वातावरणविद् तरुणा मिश्र, वन मन्त्रालयका उपसचिव विष्णु आचार्य, पूर्व सहसचिव कृष्णप्रसाद पोख्रेल, वन प्राविधिक संघका सदस्य लिलाराज पौडेल, नेपाल हस्तकला महासंघका उपाध्यक्ष रत्नेश्वरी श्रेष्ठ तथा ग्रिन फाउण्डेशनका अधिकृत अर्जुन चापागाई रहेका थिए । रासस