काठमाडौँ– कान्तिपुर दैनिकको प्रधान सम्पादकमा पत्रकार नारायण वाग्ले नियुक्त भएका छन्। कान्तिपुरले शुक्रबार वाग्लेलाई प्रधान सम्पादक नियुक्त गरेको हो।


ADVERTISEMENT


१० वर्षअघि कान्तिपुरको प्रधान सम्पादकबाट राजीनामा दिएका वाग्लेले त्यसपछि नागरिक दैनिकमा तीन वर्ष प्रधान सम्पादक भएर काम गरेका थिए । वाग्लेले ‘पल्पसा क्याफे’ उपन्यासबाट मदन पुरस्कार समेत जितेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि बुधबार कान्तिपुर र द काठमान्डु पोस्टका प्रधान सम्पादकहरू सुधीर शर्मा र अखिलेश उपाध्यायले राजीनामा दिएका थिए।