एजेन्सी– क्रोशियाली फुटबल टिमका कप्तान ३२ वर्षीय  लुका मोड्रिच युगोस्लाभियाको जादरमा ९ सेप्टेम्बर १९८५ मा जन्मिएका हुन् । जुन क्षेत्र सन् १९९१ मा स्वतन्त्र भएपछि क्रोएसियामा परेको छ । स्वतन्त्र भएपछि युगोस्लाभिया सर्बिया, क्रोएसिया, स्लोभानिया, मासेडोनिया र बोस्निया एण्ड हर्जगोभिनामा विभाजित भएको हो ।


ADVERTISEMENT


जब लुका मोड्रिच ६ वर्षका थिए, सर्बियाका विद्रोहीहरुले उनका हजुरबुवालाई गोली हानेर मारिदिए।  त्यतिबेला बाल्कन युद्द चलिरहेको थियो।त्यसैले उनी शरणार्थी रुपमा परिवारसहित बसाइँ सर्न बाध्य भएका थिए । गाउँबाट नजिकैको बजारमा गएर उनीहरु होटलको कोठा भाडामा लिएर बस्न थाले ।


ADVERTISEMENT

# # #


उनको परिवार युद्ध क्षेत्रमा शरणार्थी थियो । त्यही भएर उनी ग्रिनेटको विस्फोटनका बीच हुर्किएका हुन् । उनका प्रशिक्षक बताउँछन् कि उनी फुटबल खेल्नका लागि एकदमै कमजोर थिए । तिनै कमजोर मोड्रिचले अहिले आफ्नो देश क्रोयसियालाई पहिलो पटक विश्वकप फुटबलको फाइनलमा पुर्याएका छन् ।

फुटबल विश्वकपमा क्रोयसिया पहिलो पटक पुगेपछि मस्कोको लुजनिकी स्टेडियमको बाहिर उसका एक प्रशंसकसंग मेक्सिकन पत्रकारले कुरानकानी गरे ।

जब यी प्रशंसकलाई आइतबार फ्रान्ससंगको फाइनलको चुनौतिलाई लिएर सोधियो, उनी त्यती चिन्तित देखिएनन् । किनकी  उनलाई विश्वास छ कि यो पटकको विश्वकप ट्रफी क्रोयसिया भित्रिनेछ ।

उनले बताए, ‘तपाई लुका मोड्रिचलाई जान्नुहुन्छ नि ! उनी बारुद भरिएको सुरुङ्गका बीच फुटबल खेल्थे । उनकै कारण हामी बिल्कुल डराएका छैनौँ ।’ १७ वर्षीय यी प्रशंसक ९० को दशकमा स्वतन्त्र भएको आफ्नो देशको कहानी सुनेर हुर्किएका हुन् ।

यद्दपी उनको प्रतिक्रियामा एक कल्पना छ, तर यो वास्तविकताभन्दा धेरै टाढा पनि छैन । मोड्रिच उनै युवाहरुको नेतृत्व गरिरहेका छन् जो क्रोशियाली फुटबलको स्वर्णिम कहानी लेखिरहेका छन् । उनी र उनको टिमका केही खेलाडीले आफ्नो बाल्यकालमा रक्ताम्य संघर्ष र फेरि १९९१ मा युगोस्लाभियाको पतन पनि देखेका छन् ।

                                                                 लुका मेड्रिचको  भत्किएको घर

 

विस्थापन र निर्वासन

त्यस समय पूरै इलाकामा फैलिएको साम्प्रदायिक हिंसाको कारण मोड्रिचको टिमका एक साथी वेद्रन कोर्लुका (टिमका सबैभन्दा प्रसिद्ध खिलाडीमा एक)लाई पनि क्रोएसियामा एक शरणार्थीका रूपमा रहनका लागि बाध्य पारिएको थियो । केही अन्य मानिसले देश नै छाडेर जानु परेको थियो, जुन एक अर्का खेलाडी इवान राकिटिचले सामना गर्नु पर्यो ।

उनी आफ्नो परिवारसहित स्विट्जरल्याण्डमा गएर बसेका थिए । क्रोएसियाबाट खेल्नुभन्दा पहिले बार्सिलोनाका यी स्टार फुटबलरले स्विट्जरयाण्ल्डका लागि केही जुनियर टिममा पनि प्रतिनिधित्व गरेका थिए ।

‘द प्लेयर ट्रिब्यून’ मा छापिएको लेखमा मोड्रिचले लेखेका छन्, ‘बाल्कनमा के भइरहेको थियो, बाल्यकालमा यो सम्झिन मुस्किल थियो ।’ उनले स्वीकार गरेका छन्, ‘मेरा आमा बुवाले मलाई या मेरो भाईलाई कहिल्यै युद्धको बारेमा कुरा बताएनन्, किनकि यसमा उनले आफुलाई एकदमै माया गर्नेहरुलाई गुमाएका थिए ।’

आफ्नो बचपनमा विस्थापित हुने एक अर्का खेलाडी हुन्, मारियो मान्द्जुकित्स । जसको निर्णयक गोलको मदतमा सेमिफाइनलमा इङल्याण्डविरुद्ध क्रोएशियालाई जित मिलेको थियो । उनी जर्मनीमा आफ्नो परिवारका साथ हुर्किए ।

तर मोड्रिचलाई आफ्नै देशमा रहनु पर्यो । भलै उनले प्रतिद्वन्द्वीको रुपमा बारुद र ग्रिनेटको सामना गर्नुपर्यो ।

त्योबेला खतरनाक इलाकामा पुग्ने डरले मोड्रिचजस्तै अन्य बच्चालाई शरणार्थी क्याम्पबाट टाढा नजान चेतावनी दिइएको थियो । त्यही भएर कोठा बाहिरबाट बम र ग्रिनेड पड्केको आवाज आइरहँदा मोड्रिच त्यो समय होटलभित्रै फुटबल खेलिरहेका हुन्थे । मोड्रिच खेलेको होटलमा रहेका कर्मचारी खुसी मानेर हेर्ने गर्थे ।

‘बम र ग्रिनेड पड्केर भन्दा उनले हानेका बलले होटलका धेरै सिसा फुटे,’ कोलोभेयर होटलका प्रवक्ताले भने, ‘उनी जतिबेलामा पनि होटलको हलमा फुटबल खेलिरहेका हुन्थे।’

२००८ मा युद्धको बारेमा मोड्रिचले बताएका थिए, ‘जब म केबल ६ वर्षको थिएँ त्यो वास्तवमा कठिन समय थियो । मलाई राम्रोसंग थाहा छ तर म अब सोच्न पनि चाहन्नँ ।’

उनले भने, ‘युद्धले मलाई मजबुद बनाइदियो । म यसलाई न त याद गरिराख्न चाहन्छु त न भुल्न ।’

युद्धबाट प्रभावित तर पनि बने फुटबलर

यस्तै सम्झना डिफेन्डर डेजान लोवरेनको पनि छ । युद्धका कारण उनको परिवारलाई पनि विस्थापित भएर जर्मनी जानु परेको थियो । तर त्यहाँ उनी शरणार्थी बन्न सकेनन् र १९९० को दशकमै क्रोएसिया फर्कन बाध्य भए । लोवरेनले आंशिक रूपमा आफ्नो मातृ भाषा भुलिसकेका थिए । जसको कारण उनले स्कुलमा समस्याको सामना गर्नुपर्यो ।

‘जब म सिरिया वा अन्य देशका शरणार्थीलाई देख्छु, त मेरो पहिलो प्रतिक्रिया यो हुन्छ कि हामीले यिनीहरुलाई मौका दिनुपर्छ’ उनले भने, ‘उनीहरु कोही दोस्रोको कारण शुरु भएको युद्धको हिस्सा आफु बन्न चाहान्नन् र त्यहाँबाट भाग्छन् ।’

एक सामूहिक प्रयास

करीब ४१ लाख जनसंख्या भएको क्रोएसिया १९५० मा ब्राजिललाई हराएको उरुग्वेपछि विश्वकप फाइनलमा पुग्ने सबैभन्दा सानो देश हो ।क्रोयसियाकी राष्ट्रपति कोलिन्दा ग्रबर किटारोविक स्वयम् मैदान पुगेर आफ्ना खेलाडीलाई हौसला प्रदान गरिरहेकी छन् ।

क्वार्टरफाइनलमा आयोजक रसियाका विरुद्ध भएको खेलमा उनले राष्ट्रिय टिमको जर्सी लगाएर रुसी राष्ट्रपति भलाद्मिर पुटिनकासामू क्रोएसियाको गोलमा रमाइरहेकी थिइन् ।

क्रोयसियाले लगातार तीन खेलमा १२० मिनेट मैदानमा बिताएको छ । जसमा उसले दुई खेल पेनाल्टीमा जितेको छ । यही रफ्तारलाई क्रोयसिया आइतबार पनि जारी राख्न चाहन्छ ।

इङल्याण्ड विरुद्धको जितपछि बेलायती टेलिभिजन आईटिभिलाई मोड्रिचले प्रतिक्रिया दिँदै भने, ‘अंग्रेजी पत्रकार, एक्सपर्टहरुले हामीलाई कमजोर आँकेका थिए । यो उनीहरुको गम्भीर गल्ती थियो । हामीले उनीहरुले लेखेको सबै कुराहरु पढ्यौँ र सुन्यौँ र हामीले भन्यौँ कि हेर्दै जाउ को पहिला थाक्छ ? हामीले एक पटक फेरि देखाइदिएका छौँ कि हामी अझै थाकेका छैनौँ । यस भिडन्तमा शारीरिक र मानसिक रुपमा हाम्रो बदबा देख्न पाइयो ।’

मोड्रिचको फुटबल करियर

३२ वर्षीय लुका मोड्रिचले आफ्नो करियरको यस स्थानमा पुग्नका लागि केही चुनौतिहरु सामना गर्नुपर्यो । मोड्रिच जब १० वर्षको हुँदा केही कोचहरुले उनलाई एकदमै कमजोर र सर्माउने भन्दै फुटबल खेल्न नसक्ने बताएका थिए । तरपनि एक एक पूराना कोचले उनलाई डायनामो जेग्रेब क्लबको ट्रायल दिलाइदिए ।

१६ वर्षको उमेरमा मोड्रिच डायनेमोका साथ अनुबन्ध भए । यहाँ उनको प्रतिभामा निखार आयो र उनी क्लब र देशका लागि खेल्न लागे ।

२००६ मा मोड्रिचले अर्जेन्टिनाविरुद्ध आफ्नो अन्तर्राष्ट्रिय फुटबल करियरको शुरुवात गरेका हुन् । वर्ल्ड कप सेमीफाइनलसम्म आइपुग्दा मोड्रिचले अफ्नो देशका लागि ११२ खेल खेलिसकेका छन् ।

उनले इङल्याण्डमा फुटबल क्लब टोटेन्हम हट्सपरका लागि (२००८ १२ सम्म) खेलेका छन् । अहिले उनी २०१२ देखि स्पेनिश क्लब रियल म्याड्रिडका लागि खेलिरहेका छन् ।

मोड्रिच दुनियाँका सबैभन्दा महंगा फुटबलरमध्येका एक हुन् । ६ पटक क्रोएसियाली ‘फुटबलर अफ द ईयर’ भइसकेका उनी एकमात्र यस्ता क्रोएसियाली फुटबलर हुन् जोे फिफा विश्व ११ टिममा सामेल भएका छन् ।