काठमाडौँ– नेपाल ओलम्पिक कमिटीले जुडो खेलाडी सोनिया भट्ट र प्रशिक्षक सुनिता मगर ताम्राकारलाई बिदाई गरेको छ । हङकङ क्याडेट एशियन कप २०१८ का लगि सहभागी हुने उक्त टिमलाई कमिटीका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले बुधबार एक कार्यक्रमकाबीच विदाई गरेका हुन् ।


ADVERTISEMENT


२७ देश तथा १३४ खेलाडी सहभागी हुने यो प्रतियोगिता यही जुलाई १४ देखि हङकङमा हुँदैछ । नेपालका तर्फबाट सोनियाले ४५ केजी तर्फको प्रतियोगितामा भाग लिँदैछिन् ।


ADVERTISEMENT

# # #


बिदाई गर्दै अध्यक्ष श्रेष्ठले उत्कृष्ट खेलका लागि शुभकामना दिए । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका कार्यकारी सदस्य तथा नेपाल जुडो संघका अध्यक्ष, नेपाल ओलम्पिक कमिटीका कार्यकारी सदस्य निलेन्द्र राज श्रेष्ठ, अशोक बज्राचार्यको उपस्थिति रहेको थियो ।

यस्तै प्रशिक्षक वीरेन्द्र रञ्जित तथा चन्द्र डंगोल समेत उपस्थित थिए ।