काठमाडौं– जिल्ला प्राविधिक कार्यालय रौतहटका इन्जिनियर अजयकुमार ठाकुर घुस सहित पक्राउ परेका छन् ।


ADVERTISEMENT


विद्यालयको पर्खाल र बाटो निर्माणको काम सम्पन्न भएपश्चाच अन्तिम भुक्तानीको लागि बिल कागजात तयार पार्ने प्रायोजनको लागि सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा ठाकुरलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #


आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनलाई ४५ हजार घुस रकम सहित नियन्त्रणमा लिएको बताइएको छ ।

जिल्ला प्राविधिक कार्यालयको कार्यालय परिसरबाटै पक्राउ परेका ठाकुरबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।