निर्णय बदर गर्नुका कारण माग


ADVERTISEMENT


काठमाडौँ– पूर्ववर्ती शेरबहादुर देउवा सरकारका पालामा भएका निर्णय केपी शर्मा ओली नेतृत्वको सरकारले बदर गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त्यसविरूद्ध सदन र सडकमा विरोध गर्ने भएको छ।


ADVERTISEMENT

# # #


कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भदौ १४ पछि देउवा सरकारले गरेका निर्णय बदर गर्ने मन्त्रिपरिषदको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको बताए। उनले बदनियतपूर्ण तवरले राजनीतिक पूर्वाग्रहको आधारमा गरेका निर्णयविरुद्ध जनतामाझ जाने बताए।

कांग्रेसले देउवा सरकारले गरेका निर्णय बदर गर्नुका कारण पनि सरकारसँग माग्ने भएको छ।

‘कसलाई पदमुक्त गर्ने नगर्ने मुख्य होइन, प्रश्न कानूनी बाटोको हुन्छ’ शर्माले भने, ‘राजनीतिक पूर्वाग्रहका आधारमा सरकारले निर्णय गर्‍यो। निर्णयविरुद्ध सडक, संसद, सामाजिक सञ्लालमा विरोध गर्छौं।’

विरोधका कार्यक्रमबारे आजै दिउँसो तीन बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने उनले बताए। देउवा सरकारका पालामा ल्याएको चिकित्सा शिक्षा अध्यादेशका पक्षमा पनि कांग्रेस उभिने भएको छ।

सरकारले ुमेडिकल माफियाुलाई फाइदा पुग्ने खालको चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक पुनस् संसदमा ल्याउने तयारी गरेको उल्लेख गर्दै प्रवक्ता शर्माले त्यसको विरोध गरिने बताए।