अर्घाखाँची– गएराती शितगंगा नगरपालिका ९ लामिदमारमा रहेको वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ ।


ADVERTISEMENT


करिब राती ११ः४५ वजे अज्ञात समुहले आगजनी गरेको वडा सदस्य खुम बहादुर लुईचेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


स्थानीयले तीन जनाको समूहमा आएकाले वडा कार्यालयमा आगजनी गरेको बताएका छन् ।

आगजनीबाट कार्यालयका फर्निचर तथा महत्वपूर्ण कागजात जलेर नष्ट भएको कार्यालय सहयोगी सन्देश घर्तीले जानकारी दिए ।

प्रहरी टोली पुगेर घटनाको मुचुल्का गर्ने काम भैरहेको बताईएको छ । घटनाको कुनै समुहले अहिलेसम्म जिम्मा लिएको छैन ।

घटनाको प्रारम्भिक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।