काठमाडौं–फुटबल विश्वकप हेर्नका लागि संसारभरीका फुटबल प्रेमीले आजकाल रुसमा डेरा जमाएका छन् । जसका कारण भिन्न देश र संस्कृतिका मानिसहरुबीच मेलमिलाप बढिरहेको छ, यससँगै उनीहरु एक अर्कासँग हाँसो ठट्टासमेत गरिरहेका छन् ।


ADVERTISEMENT


तर ब्राजिलका केही फुटबल प्रशंसकमार्फत रुसकी एक महिलाबाट सुरु गरिएको भद्दा मजाक अब गाली र हिंसात्मक टिप्पणीसम्म पुगेको छ ।


ADVERTISEMENT

# # #


सोसल मिडियामा भाइरल भएको एक भिडियोमा ब्राजिलका प्रशंसक रुसकी एक महिलालाई यस्ता आपत्तिजनक शब्द प्रयोग गरेर बोलाइरहेको देखिन्छ जसको अर्थ ती महिलालाई थाहा छैन ।

यसका साथै अन्य पनि थुप्रै भिडियो सोसल मिडियामा अपलोड भएका छन् जसमा विभिन्न देशका प्रशंसकले रुसी महिलालाई आफ्नो स्थानीय भाषामा अपशब्द प्रयोग गरिरहेको देख्न सकिन्छ ।

यी भिडियो भाइरल भएपछि रुसमा दक्षिणपन्थी समूहसँग जोडिएका केही मानिसहरुले यी महिलाको आलोचना सुरु गरेका छन् ।

यी महिलाको इन्स्टाग्राम अकाउन्ट र विके अकाउन्ट (रुसमा फेसबुकको रुपमा सुरु गरिएको सोसल मिडिया साइट) मा मानिसहरुले उनीहरुलाई गालीका शब्द प्रयोग गरिरहेका छन् ।

ब्राजिलका प्रशंसकको ठट्यौलीः
ब्राजिलबाट आफ्नो समूहको समर्थन गर्न आएका केही मानिसहरुले ठट्टाको रुपमा एउटा भिडियो बनाउने सोचे । भिडियोमा ब्राजिलका केही पुरुष प्रशंसकबीच एक रुसी महिला छिन्, उनी ती पुरुषसँग हाँसिरहेकी छिन् र उनीहरुको भाषा बोल्न कोसिस गरिरहेकी छिन् ।

भिडियोको बीचमा नै एक ब्राजिलका प्रशंसक रुसी महिलालासामू पोर्तुगाली भाषामा केही अत्यधिक आपत्तिजनक वाक्य प्रयोग गरेर उनलाई बोलाउँछन् । उक्त वाक्यको सार एक प्रकारले महिलाको गुप्ताङ्गसँग जोडिएको थियो । रुसी महिलालाई पोर्चुगाली भाषामा बोलिएको उक्त वाक्सको अर्थ थाहा थिएन ।

उक्त भिडियो सोसल साइट विकेमा चल्न थाल्यो र त्यसपछि यी महिला रुसको कट्टरपन्थी समूहको निशानामा आइन् । ब्राजिलका प्रशंसकको तर्फबाट महिलालाई तनाव दिनका लागि चलाइने केही अनलाइन पेजमा यी महिलालाई ‘द पिंक वेजाइना’ सम्म भनिएको छ ।

त्यसको केही समयपछि हज्जारौं मानिसहरुले यी भिडियोमा कमेन्ट गर्न सुरु गरे । महिलाका लागि अपशब्द प्रयोग गर्नेहरुका अनुसार यो सबै यी महिलाको मूर्खताको नतिजा हो किनभने उनीहरुका कारण रुसका पुरुषको पनि बेइज्जत भइरहेको छ ।

यद्यपी, भिडियोमा भएकी महिलाले आफ्नो विके प्रोफाइल डिलिट गरेकी छिन् । साथै उनी सोसल मिडियाबाट टाढै छिन् तर उनको नाम, उमेर, जन्मस्थान र घरको ठेगानालगायतका जानकारी पहिले नै सार्वजनिक भइसकेका छन् ।

यतिमात्र होइन ती महिलाका थुप्रै फोटो सोसल मिडियामा फैलाइसकिएका छन् ।

‘म तिम्रो गर्भासय काटिदिन्छु’
यस्तै गरि सेन्ट पिटर्सबर्गमा बस्ने मारिया (काल्पनिक नाम) माथि पनि अर्को दिन यस्तै प्रकारको घटना भयो । निकै छोटो समयमा नै आफ्नो जीवन कसरी परिवर्तन भयो भनेर उनले अहिलेसम्म पनि बुझ्न सकेकी छैनन् ।

उनी भन्छिन्, ‘हामी आफ्नो साथीको जन्मदिनको लागि एउटा भिडियो बनाउन चाहन्थ्यौं । मैले ब्राजिलको जर्सी लगाएका युवकलाई देखें र उनीसँग तस्बिर खिचें ।’

‘त्यो साथीबीचको सम्बन्ध दर्साउने खालको तस्बिर थियो जसमा हामीले एक अर्कालाई गुड बाय भनिरहेका थियौं । हामीले एक अर्काको ओठलाई हल्काले चुम्यौं ।’

मारियालाई उक्त सामान्य देखिने तस्बिर आफ्नो विके पेजमा पोष्ट गर्नमा केही गलत लागेन ।

तर केही मानिसहरुले उक्त तस्बिर हेरेर यी दुबैले लिप किस गरिरहेको बताए । त्यसपछि दक्षिणपन्थी समूहसँग सम्बन्धित मानिसहरुले मारियामाथि अनलाइनमा अपशब्दको वर्षा भयो । उनीहरुले मारियामाथि विदेशीसँग निकै नजिकिएको आरोप लगाए ।

मारिया भन्छिन्, ‘उनीहरुले मलाई मेरो गर्भासय काटिदिने धम्की दिए । उनीहरुले हतियारजस्तो देखिने तस्बिर पनि मेरो उक्त तस्बिरसँग जोडिदिए ।’

यस्तो प्रकारको अपशब्द र डरलाग्द कमेन्ट रातभरी मारियाको फिडमा चलिरह्यो जसका कारण उनी अत्यधिक डराइन् । मारिया भन्छिन्, ‘मैले कहिले पनि सोचेको थिइन कि एउटा सामान्य तस्बिरले यस्तो बबाल निम्त्याउनेछ । मैले आफ्नो उक्त पोष्ट पनि हटाइदिएको छु । हो, केही मानिसहरुलाई त्यो तस्बिर गलत लाग्न सक्छ तर म त्यसमा केही असामान्य देख्दिनँ ।’

मारियामाथि यो घटनाले यति गहिरो असर पार्यो कि उनले यसबाट बाहिर निस्कनका लागि मनोचिकित्सको सहारा लिनुपर्यो ।

उनी भन्छिन्, ‘यदि कसैलाई विदेशीसँगको हाम्रो व्यवहार राम्रो लाग्यो भने उनीहरुले कतिसम्म हामीलाई तनाव दिनसक्छन् भन्ने कुरा मैले राम्रोसँग बुझें ।’

‘म यो घटनापछि निकै तनावमा छु । म राम्रोसँग निदाउन सकेको छैन । म नयाँ मेसेज आउने बित्तिकै डराउन थालेकी छु । ’

महिला सांसदको चेतावनीः
रुसी संसद डूमाकी वरिष्ठ सांसद तमारा प्लेननेवाले आफ्ना देशका महिलामाथि एउटा कडा चेतावनी जारी गरेकी छिन् । उनले भनेकी छिन्, ‘म कुनै राष्ट्रवादी होइन तर हाम्रो देशले विश्वकपको आयोजना गरिरहेका बेला म यो भन्न चाहन्छु कि रुसी महिलाले आफ्नै देशको बच्चा जन्माउन् ।’

प्लेटनेवाका अनुसार मस्कोमा सन् १९८० को ओलम्पिकको क्रममा सिंगल मदरको चलन अत्यधिक बढेको थियो । त्यसपछि अब रुसमा एउटा ठूलो आयोजना भइरहेको छ । सन् १९८० को चलन पुनः नदोहोरियोस् भन्ने प्लेटनेवाको भनाई छ ।

टिभी र समाचार पत्रमा महिलाको बेइज्जतीः
रुसमा महिलालाई बेइज्जत गर्ने एउटा शब्द छ ‘नताशास’ । यो अपमानजनक शब्द ती युवती र महिलाका लागि प्रयोग गरिन्थ्यो जसलाई राम्रो जागिरको लोभ देखाएर सेक्स स्लेभको रुपमा बेचिन्थ्यो ।

रुसमा महिलाका लागि आपत्तिजनक शब्दको प्रयोग अनलाइन माध्यममा मात्र सिमित छैन । केही पत्रिका र टेलिभिजन च्यानलमा पनि यसको प्रयोग गरिएको छ ।

‘मोस्कोव्सकी कोम्सोमोलेट्स’ नामको पत्रिकामा एक लेख प्रकाशित गरिएको छ जसको शीर्षका थियो, ‘यो लाज नभएका महिलाको समय होः रुसी महिला विश्वकपमा आफ्नो र देशको नाम खराब गरिरहेका छन्’

यस्तै गरी च्यानल वनमा प्रसारित हुने कार्यक्रम ‘टाइम विल शो’ मा पसिन यो मुद्दामाथि चर्चा गरिएको छ जसमा महिलाको चरित्रमाथि प्रश्न उठाइएका छन् ।