काठमाडौं–दाङको भालुवाङमा एक महिलाई नांगै बनाएर सार्वजनिकस्थलमा कुटपिट गर्ने दुई जनालाई २५ हजार जरिवानासहित छ महिना जेल सजाय गरिएको छ ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालयको आदेशसँगै उनीहरुलाई कारागार चलान गरिएको छ । इलाका प्रहरी कार्यालय भालुवाङले शीतगंगा नगरपालिका वडा नम्बर ८ ठाडखोला निवासि ३९ बर्षिय दिलमाया पुनलाई कुटपिट र दुव्र्येवहार गर्ने राप्ती गाउँपालिका वडा नम्बर १ निवमसि ३५ बर्षिय रेखा गुप्ता र २९ बर्षिय अनिता गुप्ता बिरुद्ध जिल्ला प्रशासन कार्यालय दाङमा केही सार्वजनिक अपराध शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।


ADVERTISEMENT

# # #


न्याय पाएकोमा पीडित खुसी
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले मुद्दाको फैसला गर्दै घटनामा संलग्न गुप्ताद्वयलाई ६ महिना जेल सजाय तोकेका हुन् । दुवै जनालाई २५ २५ हजार जरिवाना, ७ हजार ८ सय २० रुपैयाँ उपचार खर्च भराउने फैसला पनि प्रजिअले गरेका छन् ।

यो फैसलापछि पीडितले न्याय पाएको महसुस गरेका छन् । ‘मलाई कुटपिट गर्नेहरुलाई कारवाही भएको सुने, खुसी लाग्यो’उहाँले भन्नुभयो–‘अव यस्तो पिडा कसैलाई नपरोस ।’ फैसला भएलगत्तै इलाका प्रहरी कार्यालय भालुवाङले थुनामा रहेका अनिता र रेखालाई तुलसीपुर कारागार चलान गरेको छ ।

‘जेठ २७ गते वाट रेखा र अनिलाई घटनाको अनुसन्धान गर्न म्याद थप गरेर थुनामा राखेका थियौँ, प्रमुख जिल्ला अधिकारीले फैसला गरेपछि कारागार चलान गरेका छौं’– ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रविन्द्रराज पाण्डेले भने– ‘घटनाको गम्भीरता हेरेर हामिले मुद्दा दर्ता गरेका थियौं, दोष्माथिमाथि कानुनी कारवाही भएको छ । समाजमा यस्ता घटना हुन नदिन सचेतनामलक कार्यक्रम चलाउन जरुरी छ ।’

सस्तो मुल्यमा जग्गा बिक्री गर्न नमानेपछि दिलमायामाथि कुटपिट भएको थियो ।

घटना भएको २ दिनपछि स्थानीय रितु रानाले भिडियो फेसबुकमा सार्वजनिक गरेपछि प्रहरीले संलग्न दुइजनालाई पक्राउ गरेर मुद्दा दर्ता गरेको थियो । पीडिले न्याय पाएपछि आफन्त र सामाजिक अभियान्ताहरुले प्रहरी प्रशासन र न्यायिक प्रकृयामा सहयोग गर्नेप्रति आभार प्रकट गरेका छन् । – आजको नेपाल समाचारपत्रबाट