काठमाडौं– विश्व सम्पदा सूचीको खतराको सूचीमा राख्ने प्रस्ताव खारेज भएको छ । युनेस्कोले बहराइनमा जारी ४२ औं साधारणसभाले खतरामा नराख्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


भूकम्पलगत्तै सन् २०१५ देखि २०१७ सम्म लगातार विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबारलगायत ७ वटा क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिएको थियो ।


ADVERTISEMENT

# # #


हाल सम्पदाहरुको पनुर्निर्माण सन्तोषजनक रहेको जनाउँदै सन् २०१८ देखि खतराको सूचीमा नराख्ने जनाएको हो ।

८ दिनसम्म चल्ने साधारणसभामा बुधबार नेपालले खतराको सूचीमा राख्ने चेतावनी फिर्ता लिन आग्रह गरेको थियो ।

नेपाल पक्ष राष्ट्रले नेपालले उपत्यकाका सम्पदा क्षेत्रको संरचना पुनर्निर्माणमा प्रगति गरेको जनाउँदै खतराको सूचीमा राख्ने युनेस्कोको निर्णय फिर्ता लिन अपिल गरेको थियो । – आजको नेपाल समाचारपत्रबाट