काठमाडौं–धनुषाको कमला नगरपालिकामा घरेलु मदिरा सेवन गर्दा चारजनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


कमला नगरपालिका वडा नं ५ का ४० वर्षिय रामनाथ पासवान, ५० वर्षिय रामचन्द्र पासवान, सिंग्याही मडानका ४५ का साबिर अन्सारी र ३६ वर्षिय मणि पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


जामुन पासवानको चिन्ताजनक अवस्थामा उपचार भईरहेको छ । बैदेशिक रोजगारमा जानु अघि स्थानीय युवाले हिजो गाउँमा भोज खुवाएका थिए ।

सो भोजमा घरेलु मदिराको प्रयोग गरेको पाईएको प्रहरीको भनाई छ । मदिरा सेवन गरेपछि रातिदेखि नै सिकिस्त बनेका उनीहरुको आज अपरान्ह मृत्यु भएको हो । – आजको कान्तिपुरबाट