काठमाडौं–समूह ‘इ’को भर्खरै सम्पन्न खेलमा ब्राजिलले सर्वियालाई २ गोलले पराजीत गरेको छ । एक खेलमा बराबरी र एकमा जीत निकालेको ब्राजिल आजको खेलमा जीत वा न्यूनतम बराबरीको लक्ष्यका साथ मैदान छिरेको थियो भने सर्विया अनिवार्य जित निकाल्नै पर्ने अवस्था मैदान छिरेको थियो ।


ADVERTISEMENT


खेलको अधिकाशं समय बललाई आफ्नो नियन्त्रणमा राखेको ब्राजिलले पहिलो गोल खेलको पहिलो हाफको ३६ औं मिनेटमा गरेको थियो। ब्राजिलका लागि सो गोल मिलफिल्डर पाहुलिनोले गरेका थिए ।


ADVERTISEMENT

# # #


उनले कान्टिनोबाट प्राप्त पासलाई सफ्ट टच गरेर सर्वियाका गोल रक्षकलाई नघाउँदै बललाई जाली चुमाएका थिए ।

पहिलो हाफमा १–० ले अगाडी रहेको ब्राजिलले आफ्नो अग्रतालाई दोश्रो हाफमा दोब्बर पार्‍यो । ब्राजिलका लागि दोश्रो गोल खेलको ६८ औं मिनेटमा थियागो सिल्भाले गरेका हुन् ।

आजको खेलमा सर्वियाले केहि राम्रो अवसरहरूलाई गोलमा परिणत गर्न चुक्यो । यस्तै ब्राजिलका स्टार खेलाडी नेयमारले पनि केहि राम्रा अवसरहरूलाई गोलमा परिणत गर्न सकेनन् ।