वीरगन्ज– पेट्रोलियम ढुवानीको झन्झटिलो प्रक्रिया अन्त्य गर्न सुरु भएको पाइपलाइन विस्तार योजना तीव्र गतिमा अघि बढेको छ । भारतदेखि नेपालको अमलेखगन्जस्थित तेल भण्डारण केन्द्रमा पाइपमार्फत पेट्रोलियम पदार्थ ढुवानीका लागि सुरु भएको पाइप बिछ्याउने कार्य नेपालतर्फ १३ किलोमिटरमा सकिएको छ । यससँगै नेपालतर्फको ३५ दशमलव ९१ प्रतिशत सफलता हो । पेट्रोलियम ढुवानीका लागि नेपालतर्फ ३६ दशमलव २ किलोमिटर पाइप बिछ्याउनुपर्नेछ ।


ADVERTISEMENT


बन्द हड्तालमा पनि भारतबाट नेपालको अमलेखगन्जस्थित तेल भण्डारण केन्द्रमा सिधा पेट्रोलियम पदार्थ ल्याउने उद्देश्यले नेपाल र भारत सरकारबीच भएको सम्झौतानुसार अहिले पाइप बिछ्याउने काम युद्धस्तरमा भइरहेको छ ।


ADVERTISEMENT

# # #


दुई देशका बीच भएको सम्झौतानुसार ७ वटा सर्भे पूरा भई काम सुरु भएको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्ट कार्यालय सिमराका मेकानिकल इन्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिए । आठ महिनायता पाइप बिछ्याउने ठाउँ पहिचान गरी माटोको भू­बनोटसमेत ठाउँठाउँमा परीक्षण गरी पाइप बिछ्याउने काम भइरहेको छ । – आजको राजधानी दैनिकबाट