काठमाडौँ– नेपालले आगामी जुलाई महिनाको अन्त्यमा क्रिकेटको मक्का भनेर चिनिने इङल्याण्डको प्रख्यात लर्डस् मैदानमा हुने नेपाल र नेदरल्याण्डबीचको खेलले पूर्ण अन्तराष्ट्रिय टी-ट्वान्टी मान्यता पाएको छ ।


ADVERTISEMENT


आयोजक मेर्लिवर्न क्रिकेट क्लब (एमसीसी)का अनुसार अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का एसोशियट राष्ट्र खेल्ने भएकाले आइसीसीले अन्तराष्ट्रिय टी-ट्वान्टी मान्यता दिएको हो ।


ADVERTISEMENT

# # #


एमसीसीका साथै नेपालले आगामी जुलाई २९ मा नेदरल्याण्डसंग त्रि-कोणात्मक टिट्वान्टी सिरिज खेल्दैछ । जसका लागि एमसीसीले आफ्नो कप्तानमा श्रीलङ्काका चर्चित खेलाडी तथा पूर्व कप्तान माहिला जयवर्दनेलाई कप्तानमा नियुक्ति गरिसकेको छ ।

यस्तै स्कटल्याण्डका डिलन बुलेज, अलास्ड इभन र मार्क वाटलाई क्लबले टिममा आवद्ध गरिसकेको छ भने अन्य खेलाडी पनि चाँडै सार्वजनिक गर्ने एमसीसीले जनाएको छ ।

यता नेपाल र नेदरल्याण्ड सन् २०१५ पछि पहिलो पटक टी-ट्वान्टी फम्र्याटमा भिड्दैछन् । जतिबेला नेपालले आयोजक नेदरल्याण्डसंग चार खेलमध्ये तीनमा हार ब्यहोरेको थियो । यो सिरिज नेपालको लागि एकदिवसीय मान्यता पाइसकेपछिको पहिलो टी-ट्वान्टी खेल हुनेछ ।

यस्तै नेदरल्याण्ड लर्डस् मैदानमा २००९ पछि पहिलो पटक उत्रिँदैछ । उसले त्यतिबेला आइसीसी वल्र्ड ट्वान्टी ट्वान्टीको खेलमा इङल्याण्डलाई चार विकेटले हराएको थियो ।

यता नेपालका लागि भने यो लर्डस् भ्रणम दोस्रो हुनेछ । उसले सन् २०१६ मा नेपाल र बेलायतको कुटनीतिक सम्बन्ध स्थापना भएको २००  औँ वर्षको अवसरमा एमसीसीसंग खेल्ने अवसर पाएको थियो । त्यतिबेला नेपालले एमसीसीलाई ४१ रनले पराजित गरेको थियो ।