चीनमा माओत्से तुङको निधनपछि त्यहाँको आर्थिक क्रान्ति गर्ने श्रेय देङ स्याओपिङलाई दिइन्छ । स्याओपिङले सन् १९७८ मा जुन आर्थिक क्रान्तिको शुरुवात गरेका थिए, आज २०१८ मा त्यसको ४० वर्ष पूरा भएको छ । देङ स्याओपिङ यसलाई चीनको दोस्रो क्रान्ति भन्दथे । यस आर्थिक सुधारपछि चीनले संसारको सबैभन्दा मजबुद अर्थ व्यवस्थामा आफ्नो दरिलो उपस्थिति जनाएको हो ।


ADVERTISEMENT


लगानी


ADVERTISEMENT

# # #


आजका मितिसम्ममा चीन दुनियाँको एक यस्तो देश हो, जससंग सबैभन्दा बढी विदेशी मुद्राभण्डार (३.२ खबै अमेरिकी डलर) रहेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को मामलामा चीन संसारको दोस्रो ठूलो देश(११ खर्ब डलर) हो ।

देङ स्याओपिङले जब आर्थिक सुधार अभियानलाई १९७८ मा सुरु गरेका थिए, त्यतिबेलाको विश्वको अर्थ व्यवस्थामा चीनको हिस्सा १.८ प्रतिशत मात्रै थियो । तर २०१७ सम्म आई पुग्दा त्यो बढेर १८.२ प्रतिशत भएको छ । चीन अब केवल एउटा उदीयमान अर्थतन्त्र मात्रै रहेन, बरू १५ औँ र १६ औँ शताब्दीताका विश्व अर्थतन्त्रमा करिब ३० प्रतिशत आफ्नो हिस्सा भएको अवस्थातर्फ ऊ उन्मुख भइरहेको छ।

चीनलाई यति शक्तिशाली बनाउनमा तीन नेताले ठूलो भूमिका खेलेका छन् । ती हुन् माओत्से तुङ, देङ स्याओपिङ र वर्तमान नेता सी जिनपिङ । देङ स्याओपिङको आर्थिक क्रान्तिको ४० वर्षपछि चीन एकपटक फेरि सी जिनपिङजस्ता मजबुद नेताको अगुवाईमा अगाडि बढिरहेको छ ।

सी जिनपिङ चीनको अर्थव्यवस्थालाई अझ प्रभावकारी बनाउनका लागि उत्पादनको क्षेत्रमामा चीनलाई ‘सुपरपावर’ बनाउन चाहान्छन् ।

उदारिकरण

यसका लागि सी जिनपिङ देङ स्याओपिङको नीतिलाई पनि अगाडी बढाइरहेका छन् । जसमा खुला अर्थ व्यवस्था र आर्थिक सुधार जस्ता कदम सामेल छन् ।

चीनको यस सफलताको कहानी केवल दोस्रो विश्वयुद्धपछि एक देशको विकासको कहानी मात्र होइन । यो एक नियन्त्रित अर्थ व्यवस्थाबाट मुक्त र बजार अर्थव्यवस्थामा आएको परिवर्तनको कहानी पनि हो ।

दुनियाँका केही देशले चीनको जस्तै बदलावलाई अपनाए । तर यसमा निरन्तर सफलता पाउने मामलामा ‘पोस्टर व्वाई’ चीन नै बन्यो ।

चीनले घरेलु अर्थव्यवस्थामा क्रमिक सुधारको प्रक्रिया शुरू गरेको थियो न कि उसले बजारको भरोसामा अर्थव्यवस्था छोडिदिएको थियो । चीनले आफ्नो अर्थव्यवस्थामा सुधारका लागि सबैभन्दा यस कुराको तय गरेको थियो कि कहाँ विदेशी लगानी लगाउने र कहाँ नलगाउने ?

यसका लागि उसले विशेष आर्थिक क्षेत्रको निर्माण गर्यो । विशेष आर्थिक क्षेत्रका लागि चीनले दक्षिणी तटीय प्रान्तको रोजेको थियो ।

आधुनिकीकरण

देङ स्याओपिङले कम्युनिस्ट समाजवादी राजनीतिक प्रणालीमा ठोस परिवर्तनको आधार खडा गरे । यसका लागि उनले सबैभन्दा पहिला सोवियत आर्थिक मोडेल फ्याँकेर चीनको अर्थ व्यवस्थामा आधुनिकीकरणको प्रक्रिया अर्थात् समाजवाद सुरुवात गरे ।

१९७८देखि २०१६को बीचमा चीनको जीडीपी ३२ सय ३० प्रतिशत बढ्यो । यस दौरान ७० करोड चिनियाँ जनता गरिबीको रेखाबाट माथि उठे । यस्तै ३८.५ बरोड जनता मध्यम वर्गीय परिवारमा आए ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को सामूहिक नेतृत्वको सहयोगमा देङ स्याओपिङले चीनमा सामाजिक आर्थिक परिवर्तनको तीव्र प्रक्रिया सुरु गरे । चीनको विदेश व्यापार १७ हजार ५ सय प्रतिशत बढ्यो र २०१५ देखि चीन विदेश व्यापारमा अगुवा बन्यो । सन् १९७८ मा चीनले पूरा वर्ष जति व्यापार गरेको थियो । अहिले त्यती नै व्यापार उसले दुई दिनमै गर्छ ।

अन्तर्राष्ट्रीय सम्बन्धमा देङ केही सिद्धान्तका साथ अगाडि बढ्थे । उनी आफूलाई न्युन प्रोफाइमा राख्दथे । किनकी उनको पूरा ध्यान चिनियाँ अर्थव्यवस्थामा छलाङ मार्ने थियो । हार्वर्ड युनिभर्सिटीमा सामाजिक विज्ञानका प्रोफेसर रहेका एज्रा भोगेलले देङ स्याओपिङको जीवनी लेखेका थिए ।

उनले देङलाई यस्तो महान नेता बताएका छन् जो हर किसिमका उतार चढावलाई रोकेर स्थायित्व ल्याउने क्षमता राख्छन् । चीनको आर्थिक कायापलटले केवल चिनियाँ नागरिकमा आर्थिक सम्पन्नता मात्र आएन साथै कम्युनिस्ट पार्टीलाई सत्तामा पकडका साथै मजबुद पनि बनायो ।

सी जिङपिङ र नयाँ समयको चीन 

देङ सिआओपिङले प्रायशः ‘क्याट थ्योरी’ को कुरा गर्दथे अर्थात् जबसम्म बिरालोले मुसा समातिरहन्छ तबसम्म बिरालोको रङ्ग कालो वा सेतो हुनुले अर्थ राख्दैन, त्यो राम्रो बिरालो नै कहलिन्छ।

त्यही सिद्धान्तमा आधारित भएर सी जिनपिङले चीनमा औद्योगिक विकासको प्रस्ताव अघि सारे।

त्यसका लागि उनले ‘टु–बर्ड थ्योरी’ लाई अघि सारे।

सन् २०१४ मा १२ औँ चिनियाँ राष्ट्रिय जनकंग्रेसलाई सम्बोधन गर्दै सी जिनपिङले भनेका थिए, ‘पिँजडा खोलेर त्यसमा अब बूढो पंक्षी (अन्तिम सास लिइरहेका औद्योगिक संस्थानहरू) लाई कैद गर्न जरुरी छ।

त्यही सिद्धान्तमा टेकेर चीन अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । त्यसअन्तर्गत सी जिनपिङले मौलिक प्रविधि र पर्यावरणको रक्षासँगै विकासमा जोड दिए।

नयाँ युग

चीनमा अब यो पनि प्रश्न उठिरहेको छः चीनका अर्का नायक अब को हुन्छ ? गत वर्ष चिनियाँ राष्ट्रिय जनकंग्रेसले दुई कार्यकाल मात्रै राष्ट्रपति रहन पाउने संवैधानिक व्यवस्था अन्त्य गरेको थियो । योसँगै चीनमा समाजवादमाथि सी जिनपिङको मान्यताको शुरूवात भएको छ र त्यसलाई चीनको नयाँ युग भनिँदैछ।

चिनियाँ कम्युनिष्ट पार्टीमाथि नियन्त्रण हुने व्यक्ति नै सबैभन्दा शक्तिशाली हुन्छ। हुन त आफ्ना विरोधीलाई पाखा लगाइदिएको सी जिनपिङमाथि आरोप छ। आफ्नो कार्यकालमा उनले सरकारी उद्योगमाथि नियन्त्रण बढाएका छन्।

नियन्त्रण
उदाहरणका लागि चिनियाँ कम्युनिष्ट पार्टीको नियन्त्रणबाट सरकारी कम्पनीहरूलाई टाढा पार्दै व्यवस्थापकहरूलाई जिम्मा लगाएका छन्।सीको कार्यकालमा गैरसरकारी संघसंस्थाहरूमाथि पनि कडाइ गरिएको छ। कैयौँ मानव अधिकारकर्मी पक्राउ परेका छन्।

सी जिनपिङका बुवा सी जङसङ सन् १९७८ मा ग्वाङडुङ प्रान्तका गभर्नर थिए। उनी देङ सिआओपिङ नेतृत्वको आर्थिक क्रान्तिमा पनि अग्रपंक्तिमा थिए। सन् २०१२ मा पहिलो आधिकारिक भ्रमणका क्रममा सी जिनपिङले ग्वाङडुङको शेनचेन पुगेका थिए।

उक्त भ्रमणबाट उनले सामाजिक-आर्थिक सुधारमा कहीँ कतैबाट अवरोध उत्पन्न नहुने सन्देश दिन खोजेका थिए।

सामञ्जस्य

चिनियाँ नेताहरूले केन्द्रको बलियो नियन्त्रण रहने खालको नेतृत्वमा जोड दिए पनि स्थानीय सरकार, निजी कम्पनी तथा विदेशी लगानीकर्ताबीच राम्रो सामञ्जस्य कायम राखेका छन्। विगतको तुलनामा सी जिनपिङले चीनमा सार्वजनिक-निजी साझेदारीमा बढी जोड दिएका छन्।

सन् २०१४ पछि चीनमा वैदेशिक लगानीमा तीव्र वृद्धि भएको छ। सी जिनपिङले व्यापारको दायरा पूरै विश्वमा बढाएका छन्। उनी महत्त्वाकांक्षी ठानिएको ‘वान वेल्ट वान रोड’ परियोजनामार्फत एसिया, युरोप र अफ्रिकालाई जोड्न लागिपरेका छन्।

चीन सन् २००१ मा विश्व व्यापार संगठनमा जोडिन पुग्यो। त्यसयता विदेशी व्यापारलाई सहज बनाउन बेइजिङले ७ हजार जति आफ्ना नियमहरू खारेज गरिसकेको छ।

सन् २०११ देखि चीनले करमा औसत १० प्रतिशतले कटौती गरेको छ ।