काठमाडौं–रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप २०१८ मा अहिलेसम्म ४ वटा टिमले अन्तिम १६ को स्थान पक्का गरिसकेका छन् । यस्तै ५ वटा टिम विश्वकप नकआउट चरणको दौडबाट बाहिरिसका छन् ।


ADVERTISEMENT


अहिलेसम्म अन्तिम १६ मा पुग्ने टिमहरूमा समूह ए बाट आयोजक रसिया र उरूग्वे एक खेल अगावै अन्तिम १६ मा पुगिसकेका छन् । सोही समूहबाट एसियाली राष्ट्र साउदी अरेबिया र इजिप्ट बाहिरिएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै समूह बी बाट स्पेन पोर्चुगल र इरानको समान सम्भाना छ । समान २ खेलेका उहीहरूमध्ये स्पेन र पोर्चुगलको समान ४ अंक छ भने इरान तीन अंकसहित प्रतिश्पर्धामा छ । दुबै खेल हारेको मोरक्को बाहिरिसकेको छ ।

अब यो समूहको सोमबार हुने खेलबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्छ। जसमा इरान र पोर्चुगलबीच हुने खेलको विजेता दोस्रो चरणमा पुग्छ । उता स्पेनलाई दोस्रो चरणमा पुग्न मोरक्कोलाई हराउनुपर्ने हुन्छ ।

समूह सि बाट फ्रान्स अन्तिम १६ मा पुगिसकेको छ भने पेरू बाहिरिइसकेको छ । यो समूहबाट डेनमार्क ४ अंकसहित दोस्रो स्थानमा छ भने अष्ट्रेलियाले १ अंकसहित नकआउट चरण प्रवेशको सम्भावना जिवितै राखेको छ ।

अब अन्तिम खेलमा फ्रान्सविरूद्ध जित निकाले डेनमार्क अन्तिम १६ मा पुग्नेछ भने अष्ट्रेलियाले पेरूलाई हराए पुग्न सक्छ । समूह डिबाट क्रोएसिया अन्तिम १६ मा पुग्ने पहिलो टिम भएको छ । यसमा नाइजेरिया ३ अंकसहित दोस्रो स्थानमा रहँदा अर्जेन्टिना र आइसल्याण्डको समान १–१ अंकसहित दोस्रो चरण प्रवेशका लागि संघर्षरत छन् ।

अब अन्तिम खेलबाट नकआउट चरण पुग्ने अन्तिम टिमको टुंगो लाग्नेछ। यो समूहबाट कोही बाहिरिएका छैनन् ।

समूह ई बाट कोही पनि अन्तिम १६ मा प्रवेश गरेका छैनन् यद्यपी ब्राजिल र स्विटजरल्याण्ड शीर्ष दुईमा छन् भने सर्वियाले ३ अंकसहित नकआउट चरण प्रवेश सम्भावना कायमै राखेको छ । यो समूहबाट कोष्टारिका बाहिरिसकेको छ । अब अन्तिममा हुने सर्बिया र ब्राजिलको बिजेता अन्तिम १६ मा पुग्नेछ भने स्विटजरल्याण्डलाई अन्तिम १६मा पुग्न कोष्टारिकालाई हराउनुपर्नेछ ।

समूह एफबाट कोही पनि नकआउट चरणमा पुगेका छैनन् र कोही बाहिरिएका छैनन् । यसमा सबैको सम्भावना छ ।

समूह जीमा पनि एक–एक भएका छन् । जसमा बेल्जियम र इङ्ल्याण्डले जित निकालेका छन् । यसमा कोही नकआउट चरणमा प्रवेश गरेको छैन र कोही आउट पनि भएको छैन। सबैको सम्भावना उत्तिकै छ ।

समूह एचमा पनि एक–एक खेल भएको छ । यसमा जापान र सेनेगलले जितेका छन् । पोल्याण्ड र कोलम्बिया रहेको समूहमा सबैको सम्भावना उत्तिकै छ ।

शनिबार बिहानसम्म अन्तिम १६ मा पुगेका टिम
रसिया (ए)

उरूग्वे (ए)

फ्रान्स (सी)

क्रोएसिया (डी)

 

शनिबार बिहानसम्म बाहिरिएका टिम

साउदी अरेबिया (ए)

इजिप्ट (ए)

मोरक्को (बीं)

पेरू (सी)

कोस्टारिका (ई)