काठमाडौं–उत्कृष्ट पुनरामगन गरेको खेलमा सर्बियालाई हराउँदै स्वीट्जरल्यान्ड विश्वकपको नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो हाफमा १–० ले पछि परेको परिस्थिति उल्टाउँदै स्वीट्जरल्यान्ड २–१ को महत्वपूर्ण जित हासिल गरेको हो ।


ADVERTISEMENT


जारी विश्वकपको खेलमा पछि परेर पनि खेल जित्ने स्वीट्जरल्यान्ड पहिलो टोली बनेको छ । पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरी खेलेको स्वीट्जरल्यान्डले दोस्रो खेलमा ३ अंक जोड्दै ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।


ADVERTISEMENT

# # #


खेलको पाँचौं मिनेटमा अलेक्जेन्डर मिट्रोभिचले हेड गोलमार्फत सर्बियालाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १–० को अग्रता कायमै राखेको सर्बियाले दोस्रो हाफमा गोल गर्न सकेन ।

स्वीटजरल्याण्डका लागि ग्रानिक झाकाले ५२ औं मिनेटमा बराबरी गोल गरेका थिए । लगभग बराबरीमा सकिन लागेको खेलको अन्तिम मिनेटमा जेर्डन सेकिरीले निर्णायक गोल गरेका थिए । सेकिरीले काउन्टर एट्याकमा खेलको अन्तिम मिनेटमा गोल गरेका हुन् ।

यो खेलसँगै समूह इबाट नकआउट चरण पुग्ने सम्भावना रोचक बनेको छ ।

यसअघि ब्राजिलले कोस्टारिकालाई २–० ले हराउँदै पहिलो जित दर्ता गरेको थियो । पछिल्लो नतिजापछि ब्राजिल र स्वीट्जरल्यान्डको समान ४ तथा सर्बियाको ३ अंक भएको । कोस्टारिका भने दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

अब अन्तिम दुई खेलमा ब्राजिलले सर्बिया र स्वीट्जरल्यान्डले कोस्टारिकाको सामना गर्नेछ ।

त्यसैले नकआउट चरण पुग्ने दुई टोलीको भविश्य अन्तिम खेलसँग सम्बन्धित छ ।