काठमाडौं– नेविसंघ मकवानपुरद्वारा मूल्य वृद्धिको विरोधमा सडक बहस कार्यक्रमको आयोजना गरेको छ ।


ADVERTISEMENT


कार्यक्रममा बोल्दै नेविसंघ अध्यक्ष नैनसिंह महरले सरकारले भने जसरी काम गर्न नसकेको बताए । उनले भने, ‘संविधान निर्माण गरेर नेपाली जनताको समृद्धि प्राप्त गराउने उद्देश्यका साथ जसरी हामी लाग्यौ,  आज त्यो संविधान प्राप्त भएर कार्यान्वनको चरण अगाडी बढेको छ । तर, देशमा ठगी कुरा गरेर, झुटा कुरा गरेर कम्युनिष्ट सरकारको जसरी उदय भएको छ । त्यसले भनेको जस्तो सम्वृद्धि प्राप्त गर्न नसकेको छैन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बोल्दै उनले सरकारले दैनिक उपभोग्य सामानमा मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको बताए । उनले भने, ‘ओली सरकारको १०० दिनको कार्यकालमा ५ पटक पेट्रोलियम पर्दाथको मूल्य वृद्धि गरेकोले मोटरसाइकल चढ्नेको मात्र असर गरेको छैन । यसले दैनिक उपभोग्य सामानको मूल्यवृद्धि गराई श्रमजिवी नेपालीको ढाड सेक्ने काम पनि गरेको छ’

यस्तै उनले नेपाली जनतालाई ठगेर शासनमा स्थापित ओली सरकारलाई घुडाँ टेकाएर भएपनि मूलयवृद्धि फिर्ता गर्न लगाउनु पर्ने बताए । त्यसका लागि पनि देशका ७७ वटै जिल्लामा यस्तो प्रकारको बहस गरेको बताए ।

देशभरका लाखौँ विद्यार्थी ओली सरकारको जनबिरोधी क्रियाकलापको विरुद्धमा सडकमा उत्रिएको बताउँदै उनले सरकारले मूल्य वृद्धि नघटाएसम्म सडकमा आन्दोलन चर्काउने उल्लेख गरे । उनले भने, “ओली सरकारले जनताको ढाड सेक्ने गरी गरेका क्रियाकलापहरुलाई कठघरामा उभ्याउन आफ्ना कदमहरु अगाडि बढाऔँ भनेर हामी हेटैडा आएका हौं ।”

उनले एउटा सामानमा १२ प्रतिशतको दरमा मूल्यबृदि भएको र ओली सरकारले झुटा आश्वासन दिएको बताउँदै जनताको करको पैसाबाट ओली–प्रचण्ड विदेशमा भ्रमणमा जानमा व्यस्त भएको बताए । यस्तै उनले सरकारले जनताको बारेमा एकपटक पनि ध्यान नदिएको कारण छातीमा हात राखेर सोच्नुपर्ने बेला आएको बताएका छन् ।

कार्यक्रममा महरले केपी ओली जनताको कर तिरेर किनेको नेपाल वायुसेवा निगमको जहाज चढ्न नसकेर आफ्नो प्राइभेट सेयर भएको जहाजमा विदेश भ्रमणमा गएको बताउँदै श्रमिक र आम जनताले कम्युनिष्टहरुलाई भेट्न समेत नपाउने अवस्थामा पुगेको उल्लेख गरे ।

उनले कम्युनिष्ट सरकार अपराधी भएको र बालकृष्ण ढुङ्गेलजस्ता अपराधीलाई जेलमुक्त गराई राष्ट्रवादको ठूला कुरा गरेको बताए । ओली सरकार भारतको पाउमै गएर लम्पसार परेकाले नेपालको शिर झुकेको भन्दै अध्यक्ष महरले राष्ट्रियतालाई जोगाउन नेपाली काग्रेस र यसको भातृ संस्था मैदानमै उत्रिएको बताए ।