काठमाडौँ– अथमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा कार्यकाल २ वर्षको मात्रै हुने भएको छ । यससंगै उनले २ वर्षसम्म मात्र अर्थमन्त्री हुन पाउने छन् ।


ADVERTISEMENT


सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोला प्रथाबाट उनको पदावधि टुंगो लागेको हो । उनी अब दुई वर्षसम्म मात्र राष्ट्रिय सभाको सदस्य हुने छन् । मन्त्री हुनका लागि संसदको सदस्य हुनुपर्ने भएकाले अर्थमन्त्री खतिवडा २ वर्षपछि अर्थमन्त्रीमा रहने छैनन् ।


ADVERTISEMENT

# # #


संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा आज टुङ्गो लगाएको हो ।