काठमाडौँ–समूह सीको पहिलो खेलमा आज फ्रान्स र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकप छनौटमा उत्कृष्ट प्रदर्शन गरेको फ्रान्स प्रतियोगितामा पनि उस्तै प्रदर्शन दोहोर्याएर उपाधि जित्न चाहन्छ । सन् १९९८ को विश्वविजेता फ्रान्सले सन् २००० को युरोकप जितेको थियो । त्यस्तै, २००६ को विश्वकपमा फाइनल यात्रा गरेको थियो ।


ADVERTISEMENT


अबको लक्ष्य दोस्रोपटक उपाधि जित्ने नै हो किनकी टोलीमा यतिबेला एक से एक स्टार खेलाडी छन् । एन्टोनियो ग्रिजम्यान, पाउल पोग्बा, ओलिभर गिराउडलगायतका खेलाडीहरुलाई दुई वर्षअघि घरेलु मैदानमै भएको युरोकपको फाइनलमा हार्नुपरेको पीडामा मल्हम लगाउन पनि उपाधिको खाँचो छ ।


ADVERTISEMENT

# # #


टोलीमा यसपटक कालियन एमबाप्पेजस्ता युवा प्रतिभा समेत छन् । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले अस्टे«लिया विरुद्धको पहिलो खेलमा आफ्नो टोलीले सहज जित निकाल्ने अपेक्षा लिएका छन् ।

एशियाली समुहबाट विश्वकपका लागि छनोट भएको अस्टे«लिया फ्रान्सको तुलनामा निकै कमजोर छ । प्ले अफ पार गर्दै अस्ट्रेलियाले विश्वकप यात्रा गरेको हो । भेट्रान खेलाडी टिम काहिलबाट टोलीले ठूलो अपेक्षा लिएको छ । ३८ वर्षका यी खेलाडीले अहिलेसम्म विश्वकपमा ५ गोल गरिसकेका छन् । तीन फरक विश्वकपमा गोल गरेका काहिल लगातार चौँथो विश्वकपमा गोल गर्न चाहन्छन् ।

यसो गर्न सके उनी पेले, क्रिस्टियानो रोनाल्डो, युवि सिलर र मिरोस्लाभ क्लोजसँगै चार फरक विश्वकपमा गोल गर्ने खेलाडी बन्नेछन् । अस्टे«लियालाई डच प्रशिक्षक भान भाज्र्विकले प्रशिक्षण दिँदै आएका छन् । सन् २०१० को विश्वकपमा नेदरल्यान्डस्लाई फाइनलसम्म पु¥याएका भाज्र्विकले यस विश्वकपमा अस्टे«लियालाई कसरी उर्तालान् ? त्यो चासोको विषय बनेको छ ।