सुर्खेत– २३ अर्ब बराबरको बजेट प्रस्तुत गर्ने कर्णाली प्रदेशको तयारी रहेको छ । प्रादेशिक गौरव सहित महत्वपूर्ण योजनालाई प्राथमिकतामा राखेर भोलि बजेट पेश गर्ने सरकारको तयारी रहेको छ ।


ADVERTISEMENT


प्रदेश सरकारले प्रादेशिक गौरवसहित महत्वपूर्ण योजनाहरुमा बजेट विनियोजन गर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयको तयारी रहेको छ । केन्द्रीय सरकारले कर्णाली प्रदेशलाई पठाउने सशर्त अनुदान र प्रदेश आफैले राजश्व संकलन गर्ने लक्ष्यका साथ बजेटको तयारी गरेको मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


कर्णाली प्रदेशमा अहिले राजश्व संकलनको अवस्था कमजोर रहेको छ । आन्तरिक राजश्व झण्डै ५० करोडको मात्र रहने अनुमान छ ।

संघीय सरकारले प्रदेश सरकारलाई दिने वित्तीय समानिकरण अनुदान ९ अर्ब १३ करोड, राजश्व बाँडफाँडबाट प्राप्त करिब ५ अर्ब ५१ करोड र सशर्त अनुदानबाट ६ अर्ब ६१ करोड र प्रदेशको आन्तरिक स्रोतबाट करिब ५० करोड र चालु आर्थिक वर्षको बाँकी करिब ५० करोड बजेट गरी करिब २३ अर्बको बजेट आउने भएको हो ।