काठमाडौं–प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ ।


ADVERTISEMENT


आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ । बैठकले दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्न समझदारी गर्ने अख्तियारी ऊर्जामन्त्रीलाई दिएको छ ।


ADVERTISEMENT

# # #


भ्रमणका एजेन्डा
–मितेरी र रसुवागढी पुल निर्माण सम्झौता

–गल्छी-रसुवागढी-केरुङ प्रशारण लाइन

–किमाथांका अरुण जलविद्युत् आयोजना

–‘तिब्बेतियन हाइवे’मा ढुवानी सुविधा

–काठमाडौं-केरुङ रेलमार्ग निर्माण समझदारी

–रसुवागढी-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग (आजको नयाँ पत्रिकाबाट)