जाजरकोट– कुशे गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार हरिचन्द्र बस्नेत दुई हजार ५०८ र उपाध्यक्षमा रामछाया शाही दुई हजार ३७८ मत ल्याएर विजयी भएका छन् ।


ADVERTISEMENT


उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेकप(एमाले)का तत्तबहादुर हमालले दुई हजार ४४ र उपाध्यक्षका गङ्गा आरसीले एक हजार ९८८ मत ल्याएका छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र)का जनकराज शर्माले एक हजार ८१५ र अम्बिका बस्नेतले एक हजार ४३१ मत ल्याएको निर्वाचन कार्यालयले बताएको छ ।
त्यस्तै वडा नं १ मा एमालेका गोपाल नेपाली र वडा नं २ मा एमालेकै जनक शाहीको पूरै समूह विजयी भएका छन् । वडा नं ३ मा भने नेपाली काँगे्रसका टेकबहादुर हमालको समूह विजय भएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै वडा नं ४ बाट एमालेका कृतिबहादुर शाहीको पूरै समूह तथा वडा नं ५ मा काँग्रेसका लक्ष्मी सिंहको पूरै समूह विजयी भएको छ । वडा नं ६ मा भने नेकपा(माओवादी केन्द्र)का अमर शाहीको समूह विजयी भएको छ । वडा नं ७ मा काँग्रेसका रामबहादुर शाहीको पूरै समूह तथा वडा नं ८ मा काँग्रेसका अमर रोकायको पूरै समूह विजयी भएका छन् । त्यस्तै वडा नं ९ मा काँग्रेसकै देविका सिंहको समूह विजयी भएको निर्वाचन कार्यालयले बताएको छ ।

माओवादी केन्द्र चार वडामा विजयी

त्रिवेणी नलगाड नगरपालिकाका वडा १, २, ३ र ४ मा नेकपा (माओवादी केन्द्र)का पूरै समूह विजयी भएका छन् । नलगाड– १ मा हिरालाल पुन २९७, वडा नं २ मा रामकुमार गौतम २४५, वडा नं ३ मा प्रचण्ड ओली ३३२ र वडा नं ४ मा लक्ष्मी रावल ३७० मत ल्याई विजयी भएका हुन् ।

माओवादी केन्द्रका प्रमुखका उम्मेदवार टेकबहादुर रावलले एक हजार ३५९ र उपप्रमुख उम्मेदवार बालकुमारी बस्नेतले एक हजार १९३, काँग्रेसका प्रमुख उम्मेदवार छवि पन्तले ९७९ र उपप्रमुख उम्मेदवार धनमाया शाहीले ९२४ तथा एमाले प्रमुख उम्मेदवार नवेन्द्र नेपालीले ५९४ र उपप्रमुखका उम्मेदवार सुनिता बोहराले ७३२ मत ल्याएका छन् । अरु वडामा अहिले मतगणना जारी छ ।