सिंगापुर–अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन विच सिंगापुरमा शिखर वार्ता भर्खरै शुरु भएको छ । उन र ट्रम्प एकआपसमा हात मिलाएपछि वार्ता कक्षमा प्रवेश गरेका छन् । ट्रम्प शिखर वार्ता सकिए लगत्तै अमेरिका फर्किने भएका छन् ।


ADVERTISEMENT


अपेक्षा गरिएभन्दा चाडो उहाँ वार्ता भएकै दिन बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ ।


ADVERTISEMENT

# # #


ट्रम्प र किमबीच वार्ता सकिने वित्तिकै ट्रम्प सोही दिन स्थानिय समय अनुसार बेलुका ८ बजे सिंगापुरबाट अमेरिका प्रस्थान गर्ने छन् ।

सामूहिक भेटवार्तापछि उनीहरुका बीचमा एक्ला एक्लै भेटवार्ता हुने छ । एक्ला एक्लै भेटवार्तामा उनीहरू बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन् । त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रमहरु तय भएका छन् ।