काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक साताभित्र आफूले पद त्याग्ने घोषणा गरेका छन् । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले एक साताभित्र आफूले व्यवस्थापिका संसदमा सम्बोधन गरेर पद त्याग गर्ने घोषणा गरेका हुन् ।


ADVERTISEMENT


‘स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरे, संविधान कार्यान्वयनको ढोका खोले, राष्ट्र र जनताका पक्षमा सत्तापक्ष र प्रतिपक्षले नसोचेको परिणाम हासिल गरे। अब तपाईँहरुले उठाएका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्ने मेरो लक्ष्य र उद्देश्य छ,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘वर्तमान सत्ता गठबन्धन कायमै रहन्छ । यो गठबन्धनले तपाईहरुका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्छ ।’


ADVERTISEMENT

# # #


कांग्रेस र माओवादी केन्द्रबीच गत साउनमा भएको भद्र सहमति अनुसार अब काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्
बैठकमा सहभागी राजपाका नेता राजकिशोर यादवले भने, ‘प्रधानमन्त्रीले हामीलाई एक साता भित्र पदबाट राजीनामा दिने र त्यस अगाडि नै हाम्रो माग सम्बोधन हुनेगरी संविधान संशोधन गराउनेछु भन्नुभएको छ ।’

बैठकमा प्रधानमन्त्री प्रचण्ड राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा सहभागी थिए।