मुसिकोट– रुकुमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ। मुसिकोट २ मा कांग्रेसको तर्फबाट सम्पूर्ण प्यानल विजयी भएको हो। कांग्रेसको तर्फबाट वडा अध्यक्षमा काशिराम खड्काले ३ सय ७२ मत प्राप्त गरी विजयी भएका हुन्।


ADVERTISEMENT


त्यस्तै माओवादी केन्द्रका नरबहादुर खड्काले १ सय २२ मत र नेकपा एमालेका हरि केसीले जम्मा ८९ मत प्रात गरेका छन्।


ADVERTISEMENT

# # #


त्यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी ईश्वरी खड्काले ३ सय ७० र दलित महिला सदस्य कल्पना बस्यालले ३ सय ५६ मत प्राप्त गरेर विजयी भएको जिल्ला निर्वाचन कार्यालय रुकुमले जानकारी दिएको छ।सदस्यहरुमा खम्वु मल्ले ३ सय ६७ र दिनेश खड्काले ३ सय ८४ मत प्राप्त गरेर निर्वाचित भएका छन् ।