सुर्खेत– सुर्खेत भेरी गङ्गानगरपालिकाको वडा नं १ मा नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी भएको छ ।


ADVERTISEMENT


माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार नवराज कार्कीले २७६ मत प्राप्त गरी विजयी भएका हुन् । सोही दलका सदस्यहरु रजना बुढा, दुर्गा सार्की, नरबहादुर बुढा र हरिबहादुर थापा पनि विजयी भएका छन् ।


ADVERTISEMENT

# # #


वडाध्यक्ष पदका प्रत्यासी नेपाली काग्रेसका दिनेश पुलामीले २३९ र नेकपा एमालेका पदमबहादुर वलीले २०० मत प्राप्त गरेका छन् ।