काठमाडौं–सरकारले स्वास्थ्य सेवामा पहुँच बढाउँदै लैजाने प्रतिवद्धता दोहेर्याइरहँदा सरकारी सेवामा पाँच बर्षयता सबैभन्दा कम चिकित्सक कार्यरत रहेको पइएको छ ।


ADVERTISEMENT


स्वास्थ मन्त्रालयले रिक्त दरबन्दीमा नियुक्ति नगर्दा अघिल्ला बर्षका तुलनामा डाक्टरको संख्या घटेको हो ।


ADVERTISEMENT

# # #


सरकारले अघिल्लो सता सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार प्रथम ८ महिनामा स्वास्थ्यमा २ हजार ४ जना चिकित्सक कार्यरत छन् ।

अघिल्लो बर्ष यही अवधिमा २ हजार ६ सय ४० चिकित्सक कार्यरत थिए । यो गत पाँच बर्षमा सबैभन्दा बढी हो ।

जनसंख्या बर्सेनी बढे पनि त्यस अनुपातमा चिकित्सकको दरबन्दी अत्यन्तै न्यून छ । भएका दरबन्दी पनि खाली छन् । – आजको नागरिक दैनिकबाट