काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफ्ताव आलमले सबै मिलेर लोकतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


रौतहटको पहोरा नगरपालिकालाई दिशामुक्त नगरपालिका घोषणा गर्दै पूर्वमन्त्री समेत रहेका सांसद आलमले भने, ‘लोकतन्त्रको सुन्दरता भनेका नै संसदीय व्यस्था भएकाले यसलाई कुनैपनि तत्वबाट आक्रमण हुन दिनुहुँदैन’


ADVERTISEMENT

# # #


संसारमा सबैभन्दा उत्कृष्ट व्यवस्था लोकतन्त्र रहेको बताउँदै उनले यसको विकल्प अरु नभएको बताए । उनले भने, ‘लोकतन्त्र संसारकै उत्कृष्ट व्यवस्था हो, त्यसैले यसको कुनैपनि विकल्प छैन ।’