काठमाडौँ– नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले बंगलादेशको सबैभन्दा ठूलो क्रिकेट लिग बंगलादेश प्रिमियर लिग(बीपीएल) खेल्न आफूलाई प्रस्ताव आएपनि अस्वीकार गरेको खुलासा गरेका छन् ।


ADVERTISEMENT


पत्रकार शालिक सुवेदीसंग कार्यक्रम ‘वाइड एंगल’मा कुराकानी गर्दै १७ वर्षीय युवा स्टार सन्दीपले गत डिसेम्बरमा आफूलाई बीपीएल खेल्न प्रस्ताव आएपनि नेपालको खेल तालिका जुधेकाले अस्वीकार गरेका बताएका हुन् ।


ADVERTISEMENT

# # #


विश्वका ठूला लिगमा व्यस्त भइरहँदा सन्दीसन्दीपले नेपाललाई योगदान नदिने त हैन भन्ने चिन्ता कत्तिको स्वभाविक हो भन्ने पत्रकार सुवेदीको प्रश्नको जवाफ दिँदै सन्दीपले जहिले पनि आफ्नो राष्ट्र पहिलो प्राथमिकतामा रहने बताए ।

‘जति पनि मानिसलाई यो कुरामा शंका छ भने म के स्पष्ट पार्न चाहान्छु भने गत डिसेम्बरमा हाम्रो युएईसंग दुईवटा खेल थियो । त्यसमा हामीले हारेपनि जिते पनि केही फरक हुनेवाला थिएन । किनकी हामी प्रतियोगिताबाटै बाहिरिसकेका थियौँ ।’ उनले भने, ‘त्यती नै बेला मलाई बंगलादेश प्रिमियर लिगको अफर आएको थियो । तर पनि मैँले त्यो प्रस्ताव छाडेर नेपालको लागि खेल्न युएई गएँ । यो कुरा मैँले खुलासा गरेको थिइँन कि मलाई अफर आएको छ भनेर । किनकि एउटा खेलाडीको लागि पहिलो प्राथमिकता सधैँ नै उसको देश हुन्छ ।’

यस्तै उनले अबको लक्ष्य नेपाललाई सँधैँका लागि एकदिवसीय मान्यताका साथै टेस्ट राष्ट्र बनाउनु रहेको बताएका छन् । उनले भने, ‘नेपाल डिभिजन पाँचमा खेलिरहँदा कसैले सोचेका थिएनन् कि हामीले यति चाँडै एकदिवसीय मान्यता पाउँछौँ भनेर । तर यो पूरा त भयो नि । अबको हाम्रो लक्ष्य भनेको सधैँका लागि एकदिवसीय र टेस्ट मान्यता प्राप्त गर्नु हो ।’

भिडियो हेर्नुस् :