काठमाडौं–करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आत्मसमर्पण गरेका छन् ।


ADVERTISEMENT


उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले स्रोतलार्इ दिएको जानकारी अनुसार उनको अदालतमा बयान सुरु भएको छ ।


ADVERTISEMENT

# # #


यसअघि प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वालेङ घले भएको बयान दिएका थिए । गोरेले आफूले भरियाहरुको सेटिङ मिलाउने काम मात्रै गरेको दाबी गरेका थिए ।

उनले आफू छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने गरेको बताएका थिए । छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान थियो ।

खत्रीले पनि गत बिहीबार मात्रै जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए ।