स्याङ्जा(रासस)–स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको छ ।


ADVERTISEMENT


२०३९ सालमा स्थापना भएको उक्त बैंक २०५६ सालमा द्वन्द्वका समयमा त्यहाँबाट विस्थापित भई स्याङ्जा सदरमुकाम आएको थियो । १९० औँ शाखाका रुपमा बैंकको शनिबार सरकारका सूचना तथा सञ्चार प्रविधि सचिव महेन्द्रमान गुरुङले उद्घाटन गरेका छन् ।


ADVERTISEMENT

# # #


सो अवसरमा सचिव गुरुङले बैंकले प्रदान गर्ने सेवा सुविधालाई अझै प्रभावकारी ढंगबाट अगाडि बढाउँदै सेवाग्राहीको मन जित्दै जानुपर्ने बताए । बैंकको सेवा सर्वसाधारणको पहुँचमा पु¥याएर यस क्षेत्रको आर्थिकस्तर सुधार गर्नका लागि पनि यस कार्यले महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ रहेको थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी स्वामित्वमा सञ्चालित बैंकले यस क्षेत्रको आर्थिक विकासका साथै बैंकिङ प्रणालीलाई सर्वसाधारणको पहुँचमा पुर्याउन लागिपर्ने बताएका छन् ।