काठमाडौं– काँग्रेस सभापति शेरबहादुर देउवाले पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


ADVERTISEMENT


आज बिहान पाल्पाको तानसेनबाट रामपुरतर्फ जादै गरेको लु १ ख ९७५ नं. को बस रम्भा गा.पा.—४, होमिनमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


घटनाप्रति सभापति देउवाले दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको काँग्रेस कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा १० जना बढी घाइते भएका छन् ।