काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) र नेपाल आइफीलिक्सबीच एक वर्षे सम्झौता भएको छ । ईपीएलको डिजीटल ब्रोडकास्ट पार्टनरको रुपमा नेपाल फीलिक्स जोडिएको हो ।


ADVERTISEMENT


काठमाडौंमा बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी उक्त सम्झौताबारे जानकारी गराएका छन् । सम्झौतापत्रमा इपीएलका कार्यकारी प्रमुख आमिर अख्तर र नेपाल फीलिक्सका करेल कुइपेरिले हस्ताक्षर गरेका थिए ।


ADVERTISEMENT

# # #


इपीएलका विश्वभरका समर्थकलाई मध्यनजर गर्दै उक्त सम्झौता गरिएको अख्तरले बताएका छन् । “व्यावसायिकतालाई ध्यानमा राख्दै दुवै पक्षलाई फाइदा हुनेगरी यो सम्झौता गरिएको छ,” अख्तरले भने ।

“क्रिकेटप्रेमी भएकाले नेपाली क्रिकेटको विकासलाई मध्यनजर गर्दै र विदेशमा बस्ने नेपालीलाई ध्यानमा राख्दै इपीएसँग यो सम्झौता गर्दैछौं,” नेपाल फीलिक्सका कुइपेरिलले भने ।

यसवर्षको इपीएल आगामी फेब्रुअरीमा हुने आयोजकले बताएको छ ।