काठमाडौँ– बिभिन्न स्थानमा दलहरुबीच झडप हुन थालेपछि निर्वाचन आयोगले प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका अनुसार दिउँसो चार बजेपछि आयोग कार्यालयमा शीर्ष नेताहरुलाई बोलाइएको हो ।


ADVERTISEMENT


निर्वाचनका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउने उद्देश्यले नेताहरुलाई छलफलका लागि बोलाइएको यादवले जानकारी दिए ।
दोलखा, रुकुम, सल्यान, गोर्खा लगायतका बिभिन्न स्थानमा राजनीतिक दलहरुबीच झडप हुँदै आएका छन् ।


ADVERTISEMENT

# # #


त्यसलाई रोक्न पनि नेताहरुको ध्यानाकर्षण गराउने प्रमुख आयुक्त यादवले जानकारी दिए