काठमाडौँ– गुण्डा नाइके चक्रे मिलनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । आफ्नै घरमा बसिरहेका उनलाई महाराजगन्जबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख छबिलाल जोशीले जानकारी दिए ।


ADVERTISEMENT


प्रहरीले यसअघि गुण्डा नाइके दीपक मनांगेलाई पनि पक्राउ गरेको थियो । निर्वाचन सुरक्षालाई ख्यालमा राखेर विगतमा आपराधिक पृष्ठभूमि भएकाहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ । पक्राउ परेका चक्रेलाई मनाङ्गेसंगै महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार ३० भन्दा बढी टोले गुन्डाहरुलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेकाहरुलाई चुनावको भोलिपल्ट छाडिने प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार दीपक मनाङ्गे, चक्रे मिलनले चुनावलाई प्रभावित पार्न आफ्ना युवाहरु परिचालन गरेका छन्।