काठमाडौँ– गुजरात लायन्सले आइतबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) को मोहालीमा भएको खेलमा किङ्स इलेभन पञ्जावलाई छ विकेटले हएको छ । हारले पञ्जावको प्ले अफमा छनोट हुने सम्भावनामा ठूलो धक्का लागेको छ ।


ADVERTISEMENT


पहिले ब्याटिङ गरेको पञ्जावले हसिम अमलाको शतकको मदतले २० ओभरमा तीन विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका अमलाले ६० बलमा १ सय ४ रन बनाए । जारी आइपीएलमा उनको यो दास्रो शतक हो ।


ADVERTISEMENT

# # #


जवाफमा गुजरात दुई खेलको खेल बाँकी छँदै चार विकेट गुमाएर १ सय ९२ रन बनाउन सफल रह्यो । उसका लागि प्रारम्भिक ब्याट्सम्यान ड्वायन स्मिथले सर्वाधिक ७४ रन बनाए ।