झापा(रासस)–झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति यात्रुबाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।


ADVERTISEMENT


मे१ख २२८३ नंको मातृ भाग्यरेखा बसले ठक्कर दिँदा अन्दाजी ३४ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको नाम, थर र वतन खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।


ADVERTISEMENT

# # #


पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।