एजेन्सी–अमेरीकाको फ्लोरीडामा चुरोट पिउदा विस्फोट भई एक जानको ज्यान गएको छ । भ्याप पेन (इलेकट्रोनिक चुरोट) विस्फोट भएर ३८ बर्षीय टल्लमेज डी एलियाको मृत्यु भएको अन्तराष्ट्रिय समाचर एजेन्सीहरुले जनाएका छन् ।


ADVERTISEMENT


गत मे ५ मा चुरोट विस्फोट हुँदा डी एलिया बस्ने अपार्टमेन्टमा समेत आगो लागेको थियो । अपार्टमेन्टमा आगो लागेपछि डी एलिया आफू पनि जलेर मृत्यु भएको अमेरीकी सञ्चार ‘न्युयोर्क पोस्ट’ले जनाएको छ । डी एलियाको शरीर ८० प्रतिशत जलेको थियो ।


ADVERTISEMENT

# # #


Pinellas-Pasco Medical का अनुसार चुरोट विस्फोट हुदा टाउकोमा गहिरो असर परेकाले उनको मृत्यु भएको हो । स्थानीय समाचार अनुसार घातक भित्ता यन्त्र एक स्काइक ई माउन्ट ब्रान्डको रूपमा चिनिन्छ, जुन फिलिपिन्समा निर्मित गरिएको हो ।