काठमाडौं – उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले मुलुकलाई समृद्ध बनाउने मुख्य आधार उर्जा क्षेत्रलाई बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


मन्त्री पुनले उद्योग र कृषि क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन सरकारले उर्जा र सिचाईं क्षेत्रको विकासका लागि आवश्यक पहल गरिरहेको पनि स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उर्जा क्षेत्रको विकासका लागि विशेष योजना अघि सार्ने पनि बताए ।

मन्त्री पुनले उर्जा क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रका व्यवसायीहरुलाई पनि पुनः आग्रह गरे ।