काठमाडौं–प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नभएको बताएका छन् ।


ADVERTISEMENT


एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन (जनता) हुने भन्दै उनले कांग्रेस अब प्रतिस्पर्धी मात्र नभई सहयोगी मात्र हुने बताए ।


ADVERTISEMENT

# # #


मदन आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा ओलीले भने, ‘कांग्रेस अब प्रतिस्पर्धी पार्टी रहेन । सहयोगी पार्टी हो । कांग्रेसलाई पनि साथ लिएर जान चाहन्छौं । कांग्रेसले पनि योगदान गर्छ, गर्नुपर्छ ।’

केहीलाई अधिनायकवाद ल्याउँछन् कि भन्ने भ्रम रहेको भन्दै प्रधानमन्त्री ओलीले आफूहरुको दुई पार्टीको एकता दमनकारी हुन नभएको बताए । उनले भने, ‘विकासकारी हुन हो । भ्रष्टाचारी हुन होइन, भ्रष्टाचार नियन्त्रण गर्न हो ।’